एनआरएनए अमेरिकाको नेतृत्वमा पुनः लम्साल नै दोहोरिए, सबै पदाधिकारी निर्बिरोध

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)अमेरिकाको अध्यक्षमा पुनः सुर्य लम्साल नै दोहोरिएका छन्। भरखरै सम्पन्न निर्वाचनमा लम्सालको अध्यक्षतामा सम्पुर्ण पदाधिकारी सर्वसम्मत रुपमा निर्बिरोध चयन भएका छन्।

विभाजित एनआरएनएमा विनोद कुँवर नेतृत्वको सो समुहमा अघिल्लो कार्यकाल पनि कुशलतापुर्वक सम्पन्न गरेका अध्यक्ष लम्साल नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ। समितिले सम्पूर्ण प्रक्रिया पुरा गरी लम्सालको अध्यक्षतामा निर्बिरोध नेतृत्व निर्वाचित भएको पूर्ण बिवरणसहित सार्वजनिक गरेको छ।

Zen Travels - Cheap tickets to Nepal

अध्यक्षमा निर्वाचित भएपछी अध्यक्ष लम्सालले अमेरिकन नेपाली समाजमा सामाजिक सँस्थाप्रति आम नेपालीको केहि आक्रोस,अविस्वास,बितृष्णा बढेकोले त्यसको समाधानमा आँफ्नो कार्यकाल केन्द्रित रहने जनाएका छन्।

उनले अहिले नेतृत्वलाई चुनौतिहरु धेरै भयता पनि त्यस्लाई सामना गर्दै आशा, भरोशा र विस्वासमा परिणत गर्नु नेतृत्वको जिम्बेबारी रहेको बताएका छन्। अध्यक्ष लम्सालले आम नेपालीको सुझाबसल्लाह र प्रतिक्रियालाइ आत्मासाथ गर्दै सस्थाको हितलाइ सर्बोपर जित ठानी सस्थाको हितमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

गैर आवासिय नेपाली संघ एनआरएनएमा अघिल्लो महाधिवेशनका दौरानमा विवाद उत्पन्न भएपछी विभाजन भएको थियो। विभाजित एनआरएनएमा अर्को समुहले केहि समय अगाडी डा.अर्जुन बञ्जाडेको नेतृत्वमा नयाँ नेतृत्व चयन गरिसकेको छ भने आगामी अक्टोबरमा११ औं महाधिवेशन र आइसिसिको निर्वाचन गर्दैछ ।