एनआरएनए युरोप उपसंयोजकमा शर्माको दावी

काठमाडौं।गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोबरमा हुने ११ औ महधिवेशनबाट चयन हुन लागेकको आगामी कार्यकालका पदाधिकारीको निर्वाचनका लागी एनआरएनए युरोपको उपसंयोजकका लागी शशांक शर्माले उमेदवारी दिने भएका छन्।

एनआरएनए बेलायतका निर्वाचित सहकोषाअध्यक्ष तथा प्रवक्तासमेत रहेका शर्माले हालसम्म संघबाट प्राप्त गरेको अनुभवलाई थप जिम्मेवार पदमा रहेर सेवा गर्ने इच्छा अनुसार उमेदवारी दिने निर्णय लिएको बताएका छन्।

शर्माले नेपालीहरुको सबैभन्दा पुरानो संस्था यती नेपाली एसोसियसनको सचिव,क्याट युकेको सचिव,चितवन जिल्ला समाज युकेको उपाअध्यक्ष,विस्व हिन्दु युबा संघ नेपालको केन्द्रिय सदस्य एवं युरोप संयोजक भएर कुशलतापुर्वक जिम्मेवारी पुरा गरिसकेका छन। शर्मा हाल बेलायत स्थित साझा नेपाली समाजको महासचिव पदमासमेत कार्यरत छन।

एनआरएनएलाई विधिविधानमा चलाउन र गैर आवासिय नेपालीका समस्यामा हातेमाले गर्ने सस्थाको रुपमा बिकास गर्न आवश्यक रहेकोले त्यसका लागी उमेदवारी दिएको बताएका छन् ।