एनआरएनए यूरोपको डिआरसिमा अधिकारीको पनि दाबेदारी प्रस्तुत

काठमाडौँ। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को यूरोप क्षेत्रीय उपसंयोजकमा शैलेन्द्र अधिकारी (शैलु)ले उम्मेदवारी दिने भएका छन्। आगामी अक्टोबरमा हुने संघको एघारौँ महाधिवेशनका लागी डेनमार्कबाट अधिकारीले उमेदवारी घोषणा गर्ने बताएका हुन् ।

राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निवर्तमान अध्यक्षसमेत रहेका अधिकारीले उमेदवारी घोषणाका क्रममा यूरोप क्षेत्रका एनसिसिहरुसंग समन्वय तथा सहकार्य गर्न गरेर अघि बढ्ने अधिकारीले बताएका छन्।

‘एनआरएनए युरोपको डिआरसीमा उम्मेदवार बन्न तयारीमा छु, विशेष योजना सहित छिट्टै औपचारीक घोषणा गर्दैछु, युरोपमा अझै बलियो र शसक्त एनआरएनए बनाउनु नै मेरो प्राथमिकता हुनेछ।’ एनआरएनए युरोपमा एकजना क्षेत्रीय संयोजक र ४ जना उपसंयोजक विजयी हुने व्यवस्था छ ।