पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धी,ग्यास एकैपटक २३५ रुपैयाँले बढ्यो,पेट्रोल र डिजेलको कति?

काठमाडौं।पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। भारतिय आयल कर्पोरेसनले पठाएको नयाँ मुल्यसुचिअनुसार ग्यास, डिजेल, पेट्रोल को मुल्य ह्वात्तै बढेको हो।

जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै ग्यासको मूल्य पनि २३५ रुपैयाँले वृद्धि भएको छ। एनओसीले बिहीबार नयाँ मूल्यसूची पठाउँदै पेट्रोलमा ३.१७ रुपैयाँ र डिजेलमा २.४८ रुपैयाँ र ग्यासमा १८६.४५ रुपैयाँ वृद्धि गरेको थियो।

त्यसपछी नेपाल आयल निगमको सञ्चालक समिति बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि पनि गरेको हो। राति १२ बजेपछि मूल्यवृद्धि लागु भैसकेको छ।

यससँगै काठमाडौं,पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८२ रुपैयाँ,डिजेलको १७० रुपैयाँ पुगेको छ।त्यस्तै ग्यासको मूल्यवृद्धि भएर १८९५ रुपैयाँ पुगेको छ।