काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आइसिसि)को सचिव पदमा स्वतन्त्र प्रताप शाहले उम्मेदवारी घोषणा गरेका छन।
बिगत डेढ दशकदेखि एनआरएन अभियानमा सक्रिय रहेर अस्ट्रेलियाको पूर्व उपाध्यक्षसमेत बनेका शाहले आसन्न ११ औं महाधिवेशनका लागी सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
ब्यावसायसँगै फिल्मी क्षेत्र र मोडलिङ क्षेत्रमा पनि सक्रिय शाह अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघका अन्तरास्ट्रिय अध्यक्ष हुन् भने अस्ट्रेलियामा बिभिन्न व्यवसायसंगै एनआरएन अभियन्ताका रुपमा सक्रिय रहेका छन।
यससँगै शाह शैक्षिक तथा सामाजिक क्षेत्रमा पनि सक्रिय छन। संसारभर छरिएर रहेका नेपाली युवा उद्यमीहरुलाई संगठित गर्दै शाहले अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ समेत स्थापना गरेका छन।
शाहले एनअआरएनए अभियानमा आफू केही लिन नभई दिन आएकाले आफुलाई सम्पुर्ण गैर आवासीय नेपालीले साथ दिने विश्वास व्यक्त गरेका छन्।