काठमाडौं। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आइसिसि)को सचिव पदमा लोक दाहालले उम्मेदवारी घोषणा गरेका छन। बर्तमान कोषाध्यक्ष समेत रहेका दाहालले सचिव पदका लागी बेल्जियमबाट उमेदवारी घोषणा गरेका हुन्।
दाहालले यसअघि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको महासचिव,अध्यक्ष हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषदको सह कोषाध्यक्ष हुँदै कोषाध्यक्ष पदको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
यसकारण एनआारएनभित्र धेरै कामकारबाहीलाई अगाडी बढाउन आवश्यक रहेको देखेर उनले थप जिम्मेवार पदमा उमेदवारी दिने निर्णय लिएको बताएका छन् ।
सचिव पदमा आफ्नो उम्मेद्वारी दिदै उनले एनआरएनए सबै गैर आवासिय नेपालीको सँस्था हो भन्ने पुष्टी गरेर छाड्ने प्रतिबद्धता जनाउदै समपुर्ण मतदाताहरुलाई सहयोगका लागि आग्रह गरेका छन् ।