काठमाडौं।गैर आवासिय नेपाली संघ एनआरएनए आइसीसीको महिला सचिव पदमा रोजिना राईले उम्मेदवारी घोषणा गरेकी छन। एनआरएनए बेलायतकी पूर्वउपाध्यक्षसमेत रहेकी राईले आगामी कार्यकालका लागि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गरेकी हुन ।
एनआरएनए अभियानका विभिन्न तहदेखी अन्य विभिन्न सामाजिक संघसस्थाहरुका विभिन्न पद र क्रियाकलापमा सक्रिय राईले संघको संस्थागत सुधार र महिला सशक्तिकरणका सवाल अझ घनीभूत रुपमा उठाउने अठोटसहित आफूले सचिवमा उम्मेदवारी दिएको बताईन्।
राईसँग एनआरएनए यूकेको उपाध्यक्ष,एनआरएनए आइसिसि भोकेशनल एजुकेशन कमिटी यूरोपको चियर तथा च्यारिटी संस्था रोजीहिरा फाउण्डेशन र केहिरोज इन्टरनेशन कम्पनीकी अध्यक्षसहित धेरै सस्थाहरुको नेतृत्वमा रहेर काम गरेको अनुभव छ। राईले अहिले व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी छन्।
संघको एघारौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० देखि कार्तिक ३ सम्म हुँदैछ।