काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)को युरोप उप संयोजक(डिआरसी)मा भिमसेन थापाले उम्मेदवारी घोषणा गरेका छन । पोर्चुगलमा रहेर एनआरएनए अभियानमा सक्रिय थापा वर्तमान आइसिसि सदस्य समेत हुन् । उनले एनआरएनएमा संगठनात्मक परिवर्तन गर्न,युवाहरुलाई एनआरएनमा सहभागी गराउन, सँस्थामा ब्यापक परिवर्तन ल्याउन आफ्नो उमेदवारी अपरिहार्य रहेको देखेर आफूले उम्मेदवारी दिएको बताएका छन् ।
एनआरएनएमा अबको आबस्यकता सबै अभियन्ताहरु एकै ठाउमा रहेर देश विकासको लागी आ आफ्नो ठाउबाट योगदान दिनु रहेको थापाको धारणा छ। थापाले हस्पिटालीटी क्षेत्र,कृर्षी क्षेत्र र कंट्रक्सन क्षेत्रमा युरोप र नेपालमा लगानी गरेका छन ।
संघमा लामो समयदेखि सक्रिय थापा एनआरएन एनसिसि पोर्चुगलको कार्यसमिती सदस्य, उपाध्यक्ष हुंदै हाल थापा आइसिसि सदस्य भएर काम गरिसकेका छन् । उनले आफू केही लिन नभई यस अभियानमा दिनको लागी आएकाले आफ्नो अभियानमा साथ दिन आग्रह गरेका छन ।