‘यसकारण म अध्यक्षको उमेदवारबाट पछि हट्न मिलेन’: आरके शर्मा

काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा ११ औ महाधिवेशन हुँदैछ। सोहि महाधिवेशनबाट आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन हुँदैछ। यसका लागी वर्तमान उपाध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके शर्मा)ले अध्यक्ष पदका लागी उमेदवारी घोषणा गरिसकेका छन्।

गैर आवासिय नेपालीहरुमा परिचित र एनआरएनए अभियानमा सक्रिय शर्माको उपाध्यक्ष पद पनि स्मरण योग्य नै रह्यो। अघिल्लो कार्यकालमा विवाद उत्पन्न भएर ३ धारमा विभाजित रहेको एनआरएनएलाई एकरुपता दिएर एकता महाधिवेशनको संघारसम्म ल्याइपुराउन शर्माले ठुलो भुमिका खेलेका छन्। फुटमा हिडेको विवादित एनआरएनएमा गुटरहित र राजिनितिमुक्त बनाउनुपर्छ भन्ने धारणा पनि शर्माले अँगालेका छन्।

कतार र नेपालमा थुप्रै व्यवसायहरु सञ्चालनमा ल्याएका शर्मा सफल ब्यावसायी र समाजसेवीसमेत हुन। हाल मध्यपुर्व,मलेसिया,कोरिया,युरोपमा ३० लाखभन्दा बढी श्रमिकहरु कार्यरत छन। शर्माले यो निर्वाचनमा यिनै श्रमिकका मुद्दा र विश्वमा रहेका लाखौ गैर आवासीय नेपालीहरुको मुद्दा ऊठाएका छन। विगतमा पनि श्रमिकका मुद्दा समाधान लाई मरिमेटेर लाग्ने शर्माको स्वभाव प्रस्ट छ।

यसले आफुलाई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुले विश्वास गरेको शर्माले बताएका छन्। यसकारण पनि एनआरएनएको नेतृत्व अँगाल्न आफुलाई पछि हट्ने छुट नभएको शर्माको धारणा छ। साथसाथै शर्माले आफु अध्यक्षका लागि स्वभाविक उम्मेदवार भएको, नेतृत्व हाँक्न सक्षम पनि रहेको र आफुप्रति गैरआवासिय नेपालीको विश्वास पनि धेरै रहेकोले अब कुनै पनि अवस्थामा पछाडी नहट्ने प्रतिबद्धता जनाएका छन् ।

शर्माले आईसिसि सदस्य,मध्यपुर्व संयोजक,सचिव,उपाध्यक्ष भएर संघका विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन्। शर्मा भन्छन्,‘अहिले म एउटा व्यक्ति उठेको होइन मेरो उम्मेदवारी मध्यपुर्वको संयुक्त उम्मेदवार हो। मलाई आम गैरआवासीय नेपालीको साथ र सहयोग छ, विश्वभरका अधिकांश गैरआवासीय नेपालीको विश्वासलाई मैले कहिलै टुट्न दिन्न,म कुनैपनि हालतमा ब्याक हुँदिन।’

विदेशमा रोजगारी गर्ने नेपालीको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू एनआरएनए अध्यक्ष बन्नुपर्ने आयकता रहशर्माको दावी रहेको छ। ‘सबै पूर्व अध्यक्षहरूले मध्यपूर्व क्षेत्रको एउटा नेतृत्व हुनुपर्छ भनेर भन्नु भएको छ। एनआरएनएलाई पैसावालको क्लब भनेर लागेको दाग यसपटकबाट मेटाउनुपर्छ भन्ने पक्षमा सबै अभियन्ताहरू हुनुहुन्छ।