काठमाडौं।गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)को आईसिसि सह–कोषाध्यक्षमा तिलक गैरेले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुने ११ औं महाधिवेशनमा पोर्चुगलका युरोप सह संयोजक(डिआरसी) गैरेले एनआरएनएको आगामी कार्यकालका लागी सह कोषाध्यक्ष पदमा गैरेले उमेदवारी दिएका हुन्।
विगत १५ बर्षदेखि एनआरएनएको अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएका गैरेले नेपाली नारी समाज र महिला समाज पोर्चुगलको आइतवार लिस्बनमा आयोजित संयुक्त अधिवेशनको अवसरमा गैरेले सह कोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन।
गैरेले विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, लेखा समिती संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन भने हाल युरोप क्षेत्रको उपसंयोजकको रूपमा जिम्मेवारीमा छन्।
गैरेले उम्मेदवारी घोषणा गर्दै आफ्नो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र अझै पनि केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले ११ औं महाधिवेशनबाट आगामी कार्यकालको लागि आईसिसि सह–कोषाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए।
संघमा गरेको योगदान,विश्वास, र मेहनत तथा आगामी दिनमा संघ र गैरआवासीय नेपालीको लागि आफूले खेल्ने भूमिकालाई मूल्यांकन गरी मत दिन आग्रह गरेका छन। पोर्चुगल र नेपालमा कृषि व्यवसायसहित अन्य विभिन्न ब्यावसायमा लगानि गरेका गैरेले सयौं नेपालीलगायतका श्रमिकहरुलाई रोजगारी दिएका छन। रोजगारि सृजना सँगै गैरेको नेपाली अर्थतन्त्रमा पनि ठुलो योगदान रहेको छ।