एनसिसि मलेसियाले टुंगायो उमेदवार: आइसिसि उपाध्यक्षमा न्यौपाने र आरसीमा भट्टराई,अन्य कुन पदमा कसको उम्मेदवारी ?

काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)एनसिसि मलेसियाले आगामी ११ औ महाधिवेशनका लागी उमेदवारहरु चयन गरेको छ।आगामी अक्टोबरमा हुने महाधिबेशनका लागि विभिन्न पदका उम्मेदवारहरुको टुँगो लगाएको हो।जसअनुसार आइतबार क्वालालम्पुरमा बसेको एनआरएनए मलेसियाको बैठकले आइसिसि केन्द्रीय उपाध्यक्षमा खगेन्द्र न्यौपाने र एसिया प्यासिफिक संयोजक(आरसी)मा हरिप्रसाद भट्टराईलाई पठाउने निर्णय सर्वसम्मतरुपमा निर्णय गरेको छ।

एनआरएनए मलेसियाले आइसीसीमा आफ्नो देशको प्रतिनिधित्व होस र आफ्ना मुद्धालाई बुलन्द बनाउनका लागि हाल एनआरएनको सचिव रहेका न्यौपाने र एसिया प्यासीफिक उपसंयोजक रहेका भट्टराईलााई उमेदवार बबनाउने निर्णय गरेको जनाएको छ।

मलेसिया र नेपालका धेरै व्यसायीक क्षेत्रमा लगानी गरेर सफल ब्यावसायीको पहिचान बनाएका न्यौपाने एनआरएनए मलेसियाको उपाध्यक्ष,अध्यक्ष, आईसिसि सदस्य, एशिया प्याशिफिक सह–संयोजक भएर काम गरिसकेका छन् भने मध्यपुर्व,मलेसिया, कोरिया, युरोपलगायत देशमा रहेका लाखौ नेपालीहरुको मुद्दा उठाउन,उनीहरुको समस्याको समाधान गर्न, रेमिट्यान्सको सही प्रयोग गराउन,एकपटकको नेपाली सधैको नेपाली कायम राख्न लगायतका मुद्दा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन्।

यस्तै भट्टराई पनि विगत लामो समयदेखी एनआरएनएका विभिन्न तह र पदमा रहेर सक्रिय रुपले जिम्मेवारी निर्वाह गरेका छन्। यस्तै एनआरएनए मलेसियाका १ सय ६७ जना डेलिगेट्स रहेकोले एनआरएनएको नेतृत्वका सवालमा पनि मलेसियाको भुमिका महत्वपुर्ण हुने एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बताएका छन्।

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि आगामी अक्टोबर १७ तारिखदेखि २० तारिखसम्म काठमाडौंमा महाधिबेशन तथा विश्वसम्मेलन हुँदैछ। एनआरएनएको आगामी नेतृत्वका लागि आरके शर्मा,महेश श्रेष्ठ,बद्री केसी, रविना थापा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्।हालसम्म उपाध्यक्षमा खगेन्द्र न्यौपाने, राज रेग्मी, रोविन्दप्रसाद श्रेष्ठ, नारायण आचार्य, केशव पौडेल, सुनील शाह, गणेश केसीलगाएतले उम्मेदवारी सार्वजनिक गरेका छन्।

युवाउपाध्यक्षमा अब्दुल बासिद र रोशन थापाले उम्मेदवारी दिएका छन्। यस्तै महासचिवमा गौरीराज जोशी, बुद्धिसागर सुवेदी,गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरेका छन भने उपमहासचिवमा प्रविन गुरुङ, सोम सापकोटा र प्रमोद सिटौलाले उम्मेदवारी दिएका छन्।

सचिवमा लोक दाहाल,मनोज गोर्खाली,टंक गैरे,ज्ञानेन्द्र रेग्मी,आरसी पोखरेल, कृष्णजिवी पन्त र महिला सचिवमा रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेका छन्। कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना,सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत,तिलक गैरेले उम्मेदवारी घोषणा गरेका छन्।अन्य पदहरुमा पनि आकांक्षीहरुबाट उम्मेदवारी सार्वजनिक हुने क्रम जारी छ।