काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपुर्व युवा संयोजक पदमा निरन्जन सिलवालले उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनए यूएईका निवर्तमान उपाध्यक्ष समेत रहेका सिलवालले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो उमेदवारी घोषणा गरेका हुन।
आगामी अक्टोबरमा हुन लागेको एनआरएनएको ११ औं महाधिवेशनका लागि सिलवालले आइतबार जुममार्फत गरेको पत्रकार सम्मेलनमा आफ्ना प्रतिवद्धता सार्वजनिक गर्दै सिलवालले एनआरएनए अभियानमा युवापुस्ता तथा श्रमिकको आवाज बुलन्द बनाउन उम्मेदवारी दिएको बताएका छन।
एनआरएनए यूएईका उपाध्यक्ष तथा १५ महिना एनसीसीको कार्यवाहक अध्यक्षलगाएत बिभिन्न पदमा रहेर गरेको कार्य अनुभवका आधारमा युवा संयोजकमा उम्मेदवारी दिएको सिलवाल बताउछन्।