काठमाडौं। गैरआबासीय नेपाली संघ(एनआरएनए)को सहकोषाध्यक्ष पदका लागी अभिमन्यु बस्नेतले उम्मेदवारी घोषणा गरेका छन। आगामी अक्टोबरमा हुने एघारौं महाधिबेशनका लागी हाल क्यानडामा रहेका बस्नेतले उमेदवारी घोषणा गरेका हुन्।
संघका बर्तमान अमेरिकन रिजनका सह संयोजकसमेत रहेका बस्नेतले केही दिनमा आगामी कार्ययोजना सहित औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन।
बस्नेतले एनआरएनएमा आफ्नो सकृयता, कृयाशिलता र निरन्तरताका लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्,यद्यपी उनले आफूभन्दा सिनियर र उचित तथा थप सक्रिय मान्छे आएको अवस्थामा सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।
हाल भद्रगोल अवस्थामा चलिरहेको संघको आर्थिक प्रणालीलाई बर्तमान कार्यकालमा ब्यबस्थित गर्नको लागि धेरै मेहनत गर्नुपर्ने र त्यसको लागि संघलाई आफ्नो उर्जा र इमान्दारिताले योगदान गर्नको लागि आफ्नो उम्मेद्वारि आबस्यक रहेको बस्नेतको तर्क छ।
अहिलेसम्म एनआरएनका विभिन्न तहमा रहेर सक्रिय रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका बस्नेत हाल अमेरिकन रिजनका सह संयोजकपदमा रहेर काम गरिरहेका छन् ।