ढुंगानाले दिए एनआरएनए कोषाध्यक्षमा उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को कोषाध्यक्ष पदका लागि ठाकुरप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन।आगामी अक्टोबरमा हुने ११ औं महाधिवेशनका लागि ढुंगानाले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन।

एनआरएनए यूएईका निवर्तमान अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षकसमेत रहेका ढुंगानाले एनआरएनएमा सुधारका काम धेरै रहेका र संघभित्र रहेको बेथिती अन्त्यका लागी आफ्नो उमेदवारी रहेको बताएका छन्।

एनआरएनए यूएईको अधिबेशनसमेत सफलतापुर्वक सम्पन्न गरेका ढुंगानाले आफुले एनआरएनए अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पुर्याउनका लागि कोषाध्यक्ष पदमा जाने निर्णयमा पुगेको बताएका थिए।

यूएईमा रही एनआरएनए अभियानमा लागेर‘अतिथि देवो भव’लगायत अन्य धेरै कार्यक्रममा सक्रिय सहभागी भएका ढुंगानाले सबै संघ सँस्थाको सहभागितामा जुममार्फत पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो उमेदवारी सँगै हालसम्मको कार्य अनुभव समेत प्रस्तुत गरेका थिए।