अन्ततः सन्दीप लामिछानेले पाए एसिया कप खेल्न जाने अनुमति, सोमबार नै जाने तयारी

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले एसिया कप क्रिकेट प्रतियोगिता खेल्नका लागी पाकिस्तान जान पाउने भएका छन् । आइतबार अदालतमा सुनवाइ स्थगित भएसँगै उनले पाकिस्तानमा हुन लागेको एसिया कप खेल्न जान बाटो खुलेको हो ।

यससँगै सन्दिप प्रतियोगिताका लागी सोमबार नै पाकिस्तान जाने भएका छन् । एसिया कप प्रतियोगिता भने यही १३ भदौबाट सुरु हुँदैछ । नेपालले पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते खेल्ने तालिका रहेको छ ।

यता अदालतले अर्को पेशी २१ भदौका लागी तोकेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच भने खेल्न भ्याउने भएका छन् ।यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।

मुद्दाको दवावका कारण एसिया कप नखेल्ने मनस्थिति बनाएपनि समर्थकको चाहना र आग्रहमा अन्तिममा पाकिस्तान जान लागेको बताइएको छ ।