काठमाडौं। काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३.०१.००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिलेसम्म ८ जनाको शव निकालिएको छ ।
बस दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ। बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले खोजी जारि रहेको र विस्तृत विवरण आउन बाँकी छ।
१५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।