एनआरएनएको नेतृत्व अब पुस्तान्तरण हुनुपर्छ: अध्यक्ष ढकाल (एनआरएनए एनसिसि हङकङ)

काठमाडौं।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसि)हङकङका अध्यक्ष गोर्कण ढकालले एनआरएनए नेतृत्व अब पुस्तान्तरण हुनुपर्ने बताएका छन्। टिभि सण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्तामा ढकालले यस्तो बताएका हुन् ।

एनआरएनए एनसिसि हङकङको दोश्रो कार्यकालका लागी नवनिर्वाचित अध्यक्ष ढकालले नजिकिदैं गरेको एनआरएनए निर्वाचनमा विगतका नेतृत्वहरुले अनावश्यक रुपमा संघमा राजनिति प्रवेश गराएपछी त्यसले अहिलेको अबस्था सृजना भएको भन्दै यसको समाधानका लागी नेतृत्व पुस्तान्तरण अपरिहार्य रहेको बताएका हुन्।

ढकालले फरक प्रसंगमा नेपालबाट युवाशक्ति विदेश पलायन हुने क्रम बढेकोले यसलाई नियन्त्रण गर्न पनि गैर आवासिय नेपालीको लगानी बढाउनु पर्ने बताएका छन्। त्यसका लागी सरकारले ऐन कानुन निर्माणमा तदारकता देखाउनु पर्ने उनको तर्क थियो।

उनले एक नेपाली सधैको नेपाली भएकोले गैर आवासिय नेपालीलाई नागरिकता दिन ढिलाई गर्न नहुने धारणा राख्दै विगतको तुलनामा सरकारले धेरै प्रक्रिया अगाडी बढाएकोले केहि आशा जागेको भन्दै यसलाई राज्यले छिट्टै पुर्णता दिने विश्वास व्यक्त गरे।

अध्यक्ष ढकालसँग पत्रकार पौडेलले गरेको पुरा अन्तरवार्ता टिभि सण्डेका अनलाईन,फेसबुक युटुब लगाएतक सम्पुर्ण सामाजिक सञ्जाल र माध्यमहरुमा पढ्न सुन्न र हेर्न सकिने गरि उपलब्ध छन्।