काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को ओसियाना क्षेत्रिय संयोजकमा रमेश जोशीले उम्मेदवारी दिएका छन्। विगत एकदशकभन्दा लामो समयदेखि एनआरएनए अभियनमा सकृय जोशि अष्ट्रेलियाका पूर्व उपाअध्यक्ष तथा एनआरएनए ओसियाना पूर्वक्षेत्रिय उप–संयोजक हुन्।
लामो समयदेखीको अनुभवमार्फत एनआरएनएमा पछिल्लो समय देखा परेका समस्या समाधान गर्न आँफुले उमेदवारी दिएको जोशिले बताएका छन्। यस्तै उनले पछिल्लो समय ओसियाना क्षेत्रमा गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको र नेपाली समुदायका चासो र आवश्यकताका मुद्धाहरुमा काम गर्ने उद्देश्यले आफ्नो उमेदवारी अपरिहार्य देखेर उमेदवारी दिएको जानकारी गराएका छन्।
जोशीले भने,“यस क्षेत्रमा हाम्रो जनसंख्या बढ्दै गर्दा हाम्रा समुदायका आवश्यकताहरु र समस्याहरु पनि बढ्दै गएका छन् यसको निधानको निम्ति यस क्षेत्रमा रहेका सबै एनआरएनएहरु र संघसँस्थाहरु संग सहकार्य गर्दै मैले अगाडी बढ्ने योजना गराएर यस निर्वाचनमा सहभागी हुदैछु।“
देशबाट परदेशमा बसाईसराई गर्ने पहिलो पुस्ताका चुनौती,आफ्नो संस्कृती र परम्परा पुस्तान्तरण गर्दै परदेशमा हुर्कदै गरेको दोश्रो पुस्तालाई नेपाली माटोसँग जोड्ने योजना र कार्यक्रमहरुमा समेत आफुले गृहकार्य गरिरहेको उनले बताए।
ओसियाना क्षेत्रमा बस्ने धेरै नेपालीहरु यहाँका बिभिन्न क्षेत्रमा विशेषज्ञ रुपमा काम गरिरहेको र त्यो ज्ञान र शिपलाई नेपालसँग जोड्नको लागि समेत आफ्नो कार्यकालमा काम गर्ने जोशीले बताए।