एनआरएनएको महाधिवेशन प्रतिनिधिको लागि ७ हजार २ सय जनाको आवेदन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रिय प्रतिनिधीका लागी ७ हजार २ सय जनाको आवेदन परेको छ। आगामी अक्टोबरमा हुने ११ औं महाधिवेसनको लागि प्रतिनिधि बन्न सो संख्यमा आवेदन परेको संघले जनाएको छ।

महाधिवेशन प्रतिनिधीका लागी तोकिएको २० अगस्टसम्मको समयावधिमा ५९ राष्ट्रिय समितिका प्रतिनिधिहरुले आवेदन दिएका थिए। आवेदन दिएका मध्येबाट महाधिवेशनमा करिब ४ हजार २ सय जनाले भाग लिन पाउने छन्।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा.हेमराज शर्माका अनुसार उनिहरुले निर्वाचनमा संघको ६४ पदको लागि उम्मेदवार बन्न र मतदान गर्न पाउने छन्। अध्यक्ष पदको लागि डा.बद्री केसी, डा.हेमराज शर्मा, रविना थापा, महेश श्रेष्ठ र आरके शर्मा चुनावी मैदानमा छन्।