काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)महिला उपाध्यक्ष यासमीन बेगम सैयदले पुनः महिला उपाध्यक्ष पदमै दोहोरिने इच्छा व्यक्त गरेकी छिन्।
वर्तमान कार्यसमितिमा पनि महिला उपाध्यक्ष पदमै रहेर काम गरिरहेकी बेगमले आगामी कार्यकालका लागी पनि ११ औं महाधिवेसनमा पुनः उम्मेदवारी दिने तयारी गरेको बताएकी हुन्।
एनआरएनएको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने महाधिवेसनमा उम्मेदवारी दिने अन्तिम तयारी रहेको जानकारी दिएकी हुन्। संघको आगामी महाधिवेसनमा क्षेत्रीय संयोजक र सहसंयोजक सहित ५ दर्जन पदमा निर्वाचन हुने भएको छ ।
जसका लागी विभिन्न पदका आकांक्षीहरुले उमेदवारी घोषणा गर्ने क्रम सुरु भैसकेको छ। संघले सो निर्वाचन सम्पन्न गर्न ७ सदस्सीय निर्वाचन समिति गठन गरेको छ। नेतृत्वमा आउन चाहेका उमेदवारहरुले पनि आफ्नो प्रचार प्रसारका लागी दौडधुप तिब्र पारेका छन् ।