बझाङमा सिँगो परिवारमाथी चक्कु प्रहार, तिनै जना गम्भिर

कैलाली।बझाङमा सिँगो परिवारमाथी नै चक्कु प्रहार भएको छ।बझाङको सदरमुकाम चैनपुरमा एकै परिवारका ३ जनामाथि गएराती चक्कु प्रहार गरिएको हो।

अज्ञात व्यक्तिले सुर्मा गाउँपालिका–३ घर भई चैनपुरमा डेरा गरेर बस्ने सुनिता विक र उनका दुई छोरा आदित्य र यवनमाथि चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले सुनिता विकका श्रीमान कमल विक काठमाडौमा रहेको उनी नभएको अवस्थामा सुनिता र दुई छोरामाथि चक्कु प्रहार भएको जानकारी दिए। भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि आक्रमण गरिएको उनको भनाई छ।

घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।