काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११ औं विश्व सम्मेलनमा ५९ देशका ४ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने भएका छन्।संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार सो महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको दर्ता बुधवार देखि सुरु भएको छ ।
गैरआवासीय नेपाली संघका विश्वभर छरिएका शाखाका ९६८५० पंन्जिकृत सदस्यहरुबाट ती प्रतिनिधिहरु चयन हुने छन् । संघको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३० कार्तिक ३ गते (अक्टोबर १७–२०) मा हुदैछ । प्रतिनिधिहरुको अन्तिम नामावली अगष्ट ३१ तारिखमा प्रकाशन गरिनेछ ।
गैरआवासीय नेपाली संघका प्रवक्ताद्धय शिव बरुवाल र सोम सापकोटाले विहिवार एक विज्ञप्ति जारी गर्दै १० औँ महाधिवेशनको क्रममा देखिएका असन्तुष्टीहरु समेत सम्बोधन भैसकेको बताएका छन्।