काठमाडौं। गैरआवसीय नेपाली संघ(एनआरएनए)दक्षिण कोरियाको निवर्तमान अध्यक्ष दिपक पुनले पछिल्लोसमय सार्वजनिक भ्रमपुर्ण समाचारमा खेद प्रकट गरेका छन्। उनले एक सुचनामार्फत बदनियतपूर्ण भ्रमहरुबाट भ्रमित नहुन अनुरोध गरेका हुन्।
पुनले केही मिडिया मार्फत मार्फत यहि साउन ३१ गते बुधबार एनआरएनए कोरियाका निवर्तमान अध्यक्ष पुन नेपालमा रंगेहात पक्राउ शिर्षकमा समाचार प्रकाशन गरी भ्रम फैलाएको समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।
बागलुङ घर भएका पुन कोरियाबाट दुई दिन पहिले नेपाल आएर गंगबु क्षेत्रमा एक महिलासँग अवैध क्रियाकलाप गरिरहेको बेला श्रीमति र छोरीको सहयोगमा प्रहरीले रंगेहात पक्राउ गरेको भनि सार्वजनिक भएको समाचार खेदजनक रहेको र चरित्र हत्या गर्ने वदनियतले प्रकाशन गरेकोले कुनैपनि सत्यता नभएको स्पष्ट पारेका छन् ।
उनले उल्लेख गरेका छन्, ‘आदरणीय जनसमुदायहरु मलाई न प्रहरीले पक्राउ गरेको छ न म उक्त क्रियाक्लापमा संलग्न भएको छु । सो मिडियाले कुन प्रमाणका आधारमा किन र के प्राप्तीका लागि समाचार प्रकाशन गरेको हो म आँफै अन्योलमा छु । यसको कानूनी उपचारको खोजी गर्ने नै छु । मेरा बारेमा प्रकाशन गरेको भ्रमपूर्ण समाचारबाट कोहीपनि भ्रममा नपर्नुहुन अनुरोध गर्दछु । साथै प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ लगायतका विभिन्न मानवअधिकार संघ संगठनलाई समेत यस समाचारबाट मेराप्रति पर्न गएको असरबारे गम्भिर भइदिनुहुनका लागि ध्यानाकर्षण गराउँदछु । ’