काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएका प्रतिनिधि र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ। संघका कार्यकारी अध्यक्ष बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १७ देखि २० तारिखसम्म हुने ११ औँ महाधिवेशन र गैरआवासीय नेपाली विश्व सम्मेलनमा सहकार्य र तयारीको बारेमा जानकारी गराएका थिए।
संघका कार्यकारी अध्यक्ष बद्री केसीले सम्मेलनका लागि उच्चस्तरीय समितिको गठन बनाई यथाशक्य छिटो सम्मेलन सम्बन्धी काम अघि बढाउन सहजीकरण गर्न मन्त्री साउद समक्ष अनुरोध गर्नूभयो। जवाफमा मन्त्री साउदले विगतको परम्परालाई सरकारले अघि बढाउने र गैरआवासीय नेपाली विश्व सम्मेलनको लागि छिट्टै उच्चस्तरीय समितिको गठन गर्ने प्रतिबद्धता जनाए।