काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसि) उपाध्यक्ष डिबी क्षेत्रीले आगामी कार्यकालका उमेदवारलाई एनआरएनए सुधारका लागि सुझाव दिएका छन्। आगामी कार्यकालका लागि निर्वाचनको सरगर्मी बढ्दै गर्दा विभिन्न पदका आकाक्षीहरुलाई उनले विभिन्न सुझावहरु दिएका हुन्।
क्षेत्रीले १८ महिने कार्यकालको अन्त्यतिर आएर हेर्दा एनआरएनएको यो टिमले २० बर्षदेखि थाती रहेका मुद्दामा सफल अवतरण गराएको उल्लेख गर्दै कार्यान्वयनमा अझै मेहनतको आवश्यकता रहेको बताए। उनले अबको समय काठमाडौंमा ब्यक्ति को बनाउने भन्ने नभएर कस्तो एनआरएनए बनाउने भन्ने बहस गर्ने समय भएको बताए।
उनले उम्मेदवारहरुले १ महिने बहसको थालनी गर्दै बहसबाटै आफ्ना घोषणापत्रहरूको ब्याख्या गरेर पब्लिकको मन जित्न र निर्बाचित हुन सुझाव दिएका छन्। क्षेत्रीले भने, ‘अरुका कमजोरी खोजेर भाडाका बिष्लेशक र प्रचारक नखोजौं, समाजिक संबादको स्तर खस्कँदो छ यस्को ख्याल गरौं, ११ औं महाधिवेशनमा लाञ्छाना लगाउने हरूले आफु सफाचट भएको पब्लिक र निकायहरू बाट क्लिन चिट ल्याएरमात्र अरूलाई आरोपित गरौं, अरुलाई १ औंला देखाउँदा आफुतिर बाँकी ४ औंला ठडिएलान, ख्याल गरौं’।
क्षेत्रीले मुद्दामा होसियार बन्दै सक्ने काम गर्ने र आफुले बुझेका कुरामात्र छाप्ने रंग्याउने गर्न सुझाव दिए ।