एनआरएनए कतारको अध्यक्षका उम्मेदवार राईद्वारा उम्मेदवारी फिर्ता

कतार, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको सन २०२३–२०२५ कार्यकालको लागि “सामाजिक सहकार्य आर्थिक पारदर्शिता मजदुरमैत्री एनआरएनए अभियान मेरो प्रतिबद्धता”भन्ने मुल नाराका साथ अध्यक्षमा उम्मेदवार दिएका जैबी राई चाम्लिङ राईले आफ्नो उम्मेदवारी घोषणा फिर्ता गरेका छन ।

उनले आफूले आदर र सम्मान गर्ने ब्यक्तित्व सागर नेपाल र आइसिसी उपाध्यक्ष आरके शर्माको बारम्बारको आग्रह र प्रयासलाई सम्मान गर्दै आफूले दिएको अध्यक्ष पदको उम्मेदवार फिर्ता लिएको सन्देश प्रबाह गरेको भन्दै एक बिज्ञप्ती जारी गरेका छन । राईले आफूले उम्मेदवारी फिर्ता गर्दै अध्यक्षका अर्का उम्मेदवार रमेश भट्टलाई समर्थन गर्ने बताएका छन ।

आगामी एनआरएनए कतारको निर्वाचनमा अध्यक्षमा ७ जनाले उम्मेदवारी दिएका थिए । जस्मा ५ जनाले उम्मेदवारी फिर्ता गरेपछी अव रमेश भट्ट र पदम गिरीमात्रै उम्मेदवार बाकी रहेका छन । यही २७ र २८ जुलाईमा एनआरएनए कतारको मतदान हुने निर्वाचन समितिले जनाएको छ ।