एनआरएनए दक्षिण कोरियाको अधिवेसन जुलाई २९ र निर्वाचन ३० मा हुने

कोरिया,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को लागि जुलाई २९ मा अधिवेसन र जुलाई ३० नयाँ कार्यसमिति चयनका लागि मतदान हुने भएको छ ।

अध्यक्ष दिपक पुनका अनुसार कार्यक्रमको सम्पुर्ण तयरी सकिएको छ र कार्यक्रम सभ्य र भब्य बनाउन एनआरएनए कोरिया लागिपरेको छ । कार्यक्रममा नेपालबाट राज्यमन्त्री सुशीला शिरपाली ठकुरी प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछिन । यस्तै नेपाली दूतावास र एनआरएनए आइसिसीका पदाधिकारीहरु, विभिन्न देशबाट एनआरएनए अध्यक्षहरु पनि महाधिवेशन कार्यक्रममा उपस्थिथत हुने अध्यक्ष पुनले बताए ।