एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, के के छन् कार्यसुची

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडिया भ्रमणका लागि प्रस्थान गरेका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकमा उनले आफ्नो भ्रमणबारे जानकारी गराएका थिए। अध्यक्ष ओली मंगलबार कम्बोडिया गएका हुन्।

उनले साउन ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्नेछन्। त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्ने र अरु विभिन्न राजनीतिक भेटघाटमा संलग्न हुने उनको भ्रमण तालिका रहेको छ।

अध्यक्ष ओलीका साथमा उनकी पत्नी राधिका शाक्य,उपमहासचिव विष्णु रिमाल र सचिवालयका सदस्यहरु रहेका छन्।अध्यक्ष ओलीले भ्रमण अवधिभरका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्।

प्रधानमन्त्री रहेका बेलामा पनि ओलीले कम्बोडिया भ्रमण गरेका थिए। उनले २०७६ वैशाख ३० देखि जेठ १ सम्म कम्बोडिया भ्रमण गरेका थिए।