युएसए।
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनका लागी सचिव पदमा विश्व सुबेदी (ब्यास बिस्सु) ले उमेदवारी दिएका छन् । २० वर्ष अघि सन् २००३ मा बिद्यार्थी भिसामा अमेरिका पुगेका सुवेदीले आगामी कार्यकालका लागी उमेदवारी दिएका हुन् ।
तनहुँमा जन्मिएर अध्ययनको सिलसिलामा अमेरिका पुगेका सुवेदीले बिगत १३ वर्ष देखि प्रोफेसनल इन्जिनीरिंग र आईटीका काममा व्यस्त रहेका छन् भने कुशल समाजसेवी तथा सहयोगीको पहिचान बनाएका छन् । विषेश गरि युवापुस्ताहरुलाई हरेक क्रियाकलापमा अगाडी बढाउनुपर्छ भन्ने धारणासहित विभिन्न कार्यक्रमहरुमा तल्लिन सुवेदी युवापुस्तामा लोकप्रिय देखिन्छन् । उमेदवारी दिएपछी उनले सचिव पदमा आफुँ निर्वाचित भएपछी युवालक्षीत विभिन्न कार्यक्रमहरुलाई वार्षिक क्यालेन्डरमै समावेश गर्ने बताएका छन् ।
त्यति मात्रै नभै सुवेदि नेपालमा समयसमयमा आइपर्ने संकट र समस्याहरुमा पनि सहयोगि भुमिका निर्वाह गर्दै आइरहेका छनु । भुकम्प, बाढीपहिरो, कोरोना महामारी, लगाएतको प्रकोपहरु, त्यस्तै उपचार अभावमा तड्पिरहेका नेपालीको उपचार सहयोगमा मात्रै नभै नेपालमा शैक्षिक गतिविधी जस्तै विद्यालय भवन निर्माण लगाएत हरेक क्षेत्रमा आर्थिक सहयोग गर्दै आइरहेका छन् ।
उनले यदि सचिव पदमा निर्वाचित भए यस्ता सयौं कार्यक्रमलाई थप निरन्तरता दिदैं एनआरएनए एनसीसी अमेरिकालाई उदाहरणिय बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।




