जनगणनामा गम्भिर त्रुटि फेला, झण्डै ७ लाख ७२ हजार जना थपिए

काठमाडौं। राष्ट्रिय जनगणना २०७८ मा त्रुटि फेला परेको छ। जनगणनाका दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना नै छुटेको फेला परेको हो। राष्ट्रिय जनगणनाको प्रभावकारिता पत्ता लगाउन गरिने‘गणना जाँच सर्वेक्षण (पीईएस)ले यस्तो फेला पारेको हो।

यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो।यससँगै नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ जना पुगेको छ।

तर नेपालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने भएको छ। यो जनगणनामा कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको छ।

जसमध्ये छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। २०७८ सालभन्दा अगाडि आफैंले जनगणनाको जाँच सर्वेक्षण गर्दै आएकोमा सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्रसंघको सुझाव अनुसार अहिले यस्तो सर्वेक्षण स्वतन्त्र तथा दक्षता प्राप्त निकायबाट गराउन थालिएको छ ।