नेपाल अमेरिका पत्रकार संघ (नेजा) को देशब्यापि कार्यक्रम

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले विविध कार्यक्रमहरु श्रृंखलाबद्ध रुपमा  आयोजना गरेको छ ।  अमेरिका र क्यानाडामा रहेका नेपाली पत्रकारहरु आबद्ध रहेको संस्थाले आफ्ना गतिविधि नियमित गर्ने र समुदायको हितमा सघाउने उद्देष्यले कार्यक्रमहरु गर्न लागेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  अमेरिकी मुल प्रवाह तथा स्थानीय नेपाली समुदायसँग पनि हातेमालो तथा सहकार्य गर्दै आए बमोजिम समुदायसँग जोडिने र संस्थालाई पनि समयानुकुल बनाउने कार्यक्रमहरु अगाडि बढाएको हो । यसै क्रममा नेजा कार्य समितिले न्यू योर्क, टेक्सास, बाल्टिमोर र डिसीमा कार्यक्रमहरु गर्ने निर्णय अनुरुप स्थानीय तहमा धमाधम तयारी भईरहेको छ ।

. नेजा संवाद, न्यू योर्क

न्यू योर्कमा डायस्पोराका नेपाली समुदायले भोगिरहेका वर्तमान केहि उल्लेखनीय चुनौतीहरु बारे छलफलमार्फत सचेतना एवं सहजताका लागि नेजा संवाद आयोजना गरेको छ । यो संवाद मार्च २१ शनिवार न्यू योर्कको 42-16 queens blvd Sunny side Ny (bajeko Sekuwa) मा दिउँसो १ बजे सुरु हुने नेजाकी उपाध्यक्ष कल्पना घिमिरेले जानकारी दिनु भएको छ ।

सो कार्यक्रममा न्यू योर्कस्थित महावाणिज्य दूताबासका अधिकारीले दूताबासको कार्यालयबाट प्रवाह हुने सेवा सुविधाबारे जानकारी दिनु हुनेछ । साथै सेवाग्राहीका कठिनाईबारे आएका प्रश्न एवं सुझावबारे छलफल समेतहुनेछ ।

त्यस्तै कानून व्यवसायी डिल्ल्रिाज भट्टले नेपाली समुदायले अहिले भोग्नु परेको आप्रबास सम्बन्धी परिवर्तित नियम, कानून बारे जानकारी दिंदैं बिभिन्न समस्याहरुको अुनभव सुन्दै कानूनी उपायबारे सचेतना दिनु हुनेछ ।

यो कार्यक्रमका लागि नेजाकी उपाध्यक्ष घिमिरेको सहजीकरण तथा नेजाकै उत्तर पूर्व संयोजक शान्तिराज राईले संयोजन गर्नु भएको छ ।

२. नेजा कन्क्लेभ डालासटेक्सास

नेजाले आफ्नो स्थापना दिवस टेक्सासको डालासमा मनाउने सन्दर्भमा नेजा कन्क्लेभ आयोजना गरेको छ । अप्रिल १८ शनिवार हुने एक दिवसीय सो कार्यक्रममा तीन वटा बिषयमा छलफल हुनेछ । ति बिषयमा अमेरिकी सरकारी निकायका प्रतिनिधि, राजनितिज्ञ, बिषय विज्ञ, सञ्चार विज्ञ व्यक्तित्वसमेत करिब १० जना प्यानलिष्ट वक्ताका रुपमा रहनु हुने जानकारी कार्यक्रमका संयोजक एवं नेजा मध्ये क्षेत्र संयोजक ओम आचार्याले दिनु भएको छ । सो कार्यक्रममा सरकारी प्रतिनिधि, स्थानीय नेपाली समुदायका अगुवा र पत्रकारहरुको सहभागीता रहनेछ ।

त्यस्तै अप्रिल १९ मा स्थापना दिवसकै अवसरमा ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा रक्तदान र अर्को एक कार्यक्रमसमेत आयोजना गरिएको छ । नेजाले तयारीका लागि क्षेत्रीय संयोजक आचार्यलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिएको हो ।

३. नेजा साधरण सभा, बाल्टिमोर

यसैबिच नेजाले आफ्नो संस्थालाई समयानुकुल गतिशिल बनाउन गर्ने वार्षिक साधरण सभा यसपटक मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा मे २, २०२६ गर्ने निणर्य गरेको छ । यसका लागि सदस्यहरुलाई ईमेलमार्फत यसअघि नै जानकारी गराईसकेको छ । कार्यक्रम तयारीका लागि नेजाले डिसी मेट्रो संयोजक श्रृजना काफ्लेलाई संयोजकको जिम्मेवारी दिएको छ । बाल्टिमोर र आसपासका पत्रकार तथा स्थानीय समुदायका प्रतिनिधिसँग छलफल गर्दै प्रारम्भिक तयारीहरु भईरहेको जानकारी काफ्लेले दिनु भएको छ । साधरण सभाको कार्यक्रम भने (बाना) बाल्टिमोर एशोशियसन अफ नेप्लिज् ईन अमेरिकाको सभा कक्ष मा हुनेछ ।

४. विश्व प्रेस स्वतन्त्रता दिवसः सन्दर्भ र चुनौती, डिसी

विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा नेपाली राजदूताबास वासिंगटन डिसीसँगको सहकार्यमा मे ३, २०२६ मा डिसीमा एक कार्यक्रम आयोजना गरेको छ । विश्व प्रेस स्वतन्त्रताको यस वर्षको मुल नारा “Shaping a Future at Peace: Promoting Press Freedom for Human Rights, Development, and Security” मा केन्द्रित रहेर कार्यक्रम गर्न लागेको अध्यक्ष सुरज भण्डारीले जानकारी दिनु भएको छ ।