क्यारोलिनामा मिट एण्ड ग्रीट कार्यक्रम सम्पन्न,अध्यक्ष बन्जाडेले गरे यस्तो प्रतिवद्धता..

अमेरिका।अमेरिकाको क्यारोलिनामा मिट एण्ड ग्रीट कार्यक्रम सम्पन्न भएको छ। गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसि) अमेरिकाका नवनिर्वाचित अध्यक्ष डा अर्जुन बन्जाडेको स्वागतार्थ नर्थ क्यारोलिना चाप्टरले आइतबार आयोजना गरेको कार्यक्रम नर्थ क्यारोलिनाको क्यारिमा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नव निर्वाचित अध्यक्ष डा बन्जाडेले आगामी कार्ययोजनाको जानकारि दिनु भयो। जसमा टेलिहेल्थ, नेपाल सरकारसंग नीतिगत छलफलहरु,नेपाली दुताबाससंगको भेटघाटको कार्यक्रम छिट्टै सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समन्वय परिषद्का महासचिब डा केशव पौडेलले गैर आवासीय नेपाली सङ्घको बृहत्तर हित,स्थापना काल देखिका प्रगति, संस्थाको महत्व, अवसर र चुनौतिको बारेमा जानकारि गराउनु भयो ।

दक्षिण क्षेत्रका क्षेत्रीय संयोजक मोहन न्यौपानेले स्थानीय संस्थाहरुसंग कसरि समन्वय गर्ने, युवा पुस्ता र बिद्यार्थी वर्गलाइ कसरि एनआरएनए अभियानमा जोड्ने अनि आगामी कार्यदिशाका बारेमा आफ्नो विचार ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा एनआरएनए एनसिसि युएसए का बोर्ड बासुदेव भट्ट,एनसिएनसिका अध्यक्ष्य राजन पौडेल लगायत समाजका विभिन्न तह र तप्कामा रहनुभएका मान्यजनहरुले आ आफ्नो विचार राख्नुभएको थियो।

नर्थ क्यारोलिनाका विभिन्न सहरमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष डा अर्जुन बन्जाडेलाइ स्वागत गर्दै वहासंग सिंगो समाजको ठुलो आशा र भरोशा रहेकोले संस्था लाई सहि दिशामा निर्देश गर्न र अधिकतम नेपालीहरुको अपनत्व बिकाश गर्न सुझाब दिनुभएको थियो।

कार्यक्रमको सभापतित्व गर्नुभएका अध्यक्ष सुधन थापाले आफ्नो टिमलाई परिचय गराउदै समाजमा देखिने गरि आफुले काम गर्ने घोसणा गर्नुभएको थियो। नर्थ क्यारोलिना चाप्टरका युवा संयोजक योगेश पराजुलीले संचालन गरेको उक्त कार्यक्रममा चाप्टर सदस्य हिरा शर्मा ले स्वागत मन्तब्य दिनुभएको थियो।

नर्थ क्यारोलिना च्याप्टरका नव निर्वाचित अध्यक्ष सुधन थापाको सभापतित्वमा र एनआरएनए एनसिसि युएसए दक्षिण क्षेत्रका क्षेत्रीय संयोजक मोहन न्यौपानेको संयोजनमा कार्यक्रम गरिएको हो।