काठमाडौं। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले ठुलो क्षति पुराएको छ। बाढीले १० वटा घर,एउटा प्रहरी चौकी र दुई वटा पुल बगाएको छ।
हिजो बेलुका आएको बाढीले १० वटा घर, होटल, प्रहरी चौकी,जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल,मानिस ओहोरदोहोर गर्ने पुल, दुई गाडी र तीन विद्युतका पोल समेत बगाएको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएका छन्।पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ। कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ। विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द छ। दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ ।