काठमाडौं। नारायणी नदीमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ।ब्यारेज क्षेत्रमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजले जनाएको छ।
गण्डक ब्यारेजमा ३ लाख क्युसेकसम्म पानीको प्रवाहलाई खतराको सूचक मानिने भए पनि ब्यारेज पुरानो भईसकेकाले सतर्कता अपनाइएको बताइएको छ। नारायणगढ पुलमै पानीको सतहले खतराको तह पार गरेको छ ।
नारायणी पुलमुनि पानीको सतह ११ मिटर पुगेपछि चेतावनीको तह मान्ने गरिएकोमा पानीको सतह ११ दशमलव १५ मिटर पुगेको छ।नारायणीमा पानीको सतह निकै माथि पुगेपछि चितवन, नवलपुर र नवलपरासी जिल्ला प्रशासनले चेतावनी जारी गरेका छन्।