प्रधानमन्त्री प्रचण्डले यसरी आँफैलाई लखेटिरहेका छन्….

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला तेश्रो पटक प्रधानमन्त्री पद सम्हालिरहेका छन्। पहिलो र दोश्रो कार्यकाल सन्तोषजनक बिताउन नपाएका प्रचण्डलाई यो कार्यकाल झनै फलामको चिउरासरी बनेको छ । उनले पद बहाली गरेदेखि विभिन्न काण्डले दौडाईरहेको छ। कैले शरणार्थी प्रकरण, कैले ललिता निवास प्रकरण, कैले १ क्वीन्टल सुन प्रकरण त कैले प्रकरण। यी र यिनै काण्डले उनलाई प्रधानमन्त्री पद फलामको चिउरा बनिरहेको छ।

यसले उनलाई सामाजिक सञ्जालदेखी विभिन्न तहबाट हौसला, टिप्पणी, आलोचना, गालि, तालि सबै आइरहेका छन्। यसै सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा टेकराज पौडेल लेख्छन्, प्रधानमन्त्री आँफुले जस लिन खोजेका प्रमुख ३ कारणले आँफै लखेटिँदै गएको पौडेलले बताएका छन् ।
यस्तो छ पौडेलले फेसबुकमा सार्वजनिक गरेको विचारः
प्रधानमन्त्रीले जस खान खोजेका तिन प्रमुख कान्डले आफैलाइ लखेट्दै छन ।
#बालुवाटारको ललिता निवास काण्डमा तपाइलाई कार्बाहि गर्न ओलिको तयारी छ भन्दै भडकाएर अब छोड्दैनन ओलिले भन्दै माधब नेपाललाई उक्साएर एक रातमै छदाखादाको पार्टी फुटाल्न २०%को मापदण्डको अध्यादेश ल्याएर एमाले फुटालेर ओलिलाई केहि समयको लागी सत्ता च्युत त गराउनु भयो ।
तर, #ललितानिवास जग्गाको बारे अख्तियार मार्फत मुद्दा ओलिको प्रधानमन्त्री पालामा नचले पनि केहि नामुद अधिबक्ताहरु दुबै पुर्व प्रधानमन्त्रीलाई अदालतमा मुद्धा हाले। २०७९ फाल्गुन ४ गतेलाई उक्त मुद्धाको फैसला गर्ने निर्णय अदालतले दिए पछि २ दिन अघि नै प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर न्यायधिसहरुको सेटिङ्गमा चैत्र १९ गते अदालतबाट मन्त्रीपरिषदको निर्णय निति गत हुने भएको हुदा पुर्व प्रधानमन्त्रीलाई मुद्दा लाग्न नसक्ने फैसला त गर्यो ।यसै काण्डको डर देखाएर बजेट सम्म पास गर्नु भयो।

#तर सचेत जनहरुले अदालतको निर्णयको समेतको च्यालेन्ज गर्दै हालेको मुद्धामा आज अदालतले मुलुक कै महत्त्वपूर्ण मुद्दामा पुर्व प्रधानमन्त्री द्वय नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायारामा ल्याउने फैसला गर्यो।कम्तिमा नेपाली जनताको न्यायलय प्रति आषा पलाएको छ। यस काण्डले प्रचण्ड कम्रेडको राजनिती भबिष्यबारे पनि दायाँबायाँ गर्ने उत्तिकै सम्भावना बढेर गएको छ। यहि भएर अदालतको फैसलाले प्रचन्ड कम्रेडमा भने छटपटि पैदा भएको छ।

अब आफ्ना पुर्व प्रमहरु (सहकर्मि)लाई सिधै बचाउन पनि गार्हो छ।आफुलाई द्वन्द कालको एउटा मुद्दा पर्दा सत्तारुढ दलको सहयोग र अदालत थर्काउन पार्टी छोडिसकेका नेताहरुको सहयोग मागेर थर्काए जस्तो प्रचन्डजिलाई यो सहज पनि छैन। ४०६ जना ललितानिवास काण्डमा परेका कर्मचारी र दलालहरुलाइ कारबाहि गर्न कस्सिएर लागेको राज्य अब दुई जनाको कारण परिस्थितिले अर्कै मोड लिने निस्चित भयो ।

#एकहप्ता अघि आफ्नै सचिबालयका स्वकिय सचिबलाई डेढ क्विन्टल सुन कान्ड्को छानबिन गर्ने जिम्मा दिदा र उनले समेत यो गत दुई महिनामा भएको करिब ७ क्विन्टल सुनको लहरो आफ्नै पार्टी तिर तेर्सिनु उदेकको बिषय भएको छ। जता हेर्यो उतै आफ्नै मान्छेको सम्लग्नता।
#उपाध्यक्ष तथा गृहमन्त्री काजिले सुन काण्डको अनुसन्धान गर्न सिआईबिलाई जिम्मा दिन माग गर्दा सुन कान्डले अर्कै रुप लिने डरले तपाइले आफ्नै हात जग्गन्नाथ गर्न खोज्दा सुन कान्ड तपाई स्वयमलाई भारी पर्ने नै भयो ।

#पाँच सय जना भन्दा बढिको १० लाख देखिन ५० लाख रुपैया बुझेर अमेरिका उडाउने बिचौलियाहरुले काम समयमा सम्पन्न गर्न नसकि छताछुल्ल भएको भुटानी शरणार्थी काण्डमा टोप बहादुर रायमाझीसङ्ग बैमन्स्यता कायम गर्न खोज्दा मुख्य अभियुक्त खाड समातीन बाध्य भएको र ६ करोड र दुई करोड भाउजुहरुलाई बुझाएको भन्ने खुला आरोप लगाई रहदा प्रधानमन्त्रीको कुर्चि हल्लिने निस्चित भएर मुख्य अभियुक्त लाई बचाएर सा नातिनालाई कार्बाहि गर्ने परिस्थिति बनाउन खोज्दा यो कान्डले गिज्याईरहेको छ ।

त्यति मात्र होइन शरणार्थी नेता टेकनाथ रिजालले अध्यक्ष प्रचण्डसङ्ग यो केशको तार जोडिएको बताएका छन ।यो केश बारे प्रचन्डलाई भेटेर कुरा हुदा टोप बहादुर रायमाझिजिलाइ यो काम फत्य गर्न जिम्मा दिएको भन्ने आरोपले यो शरणार्थी काण्डमा प्रधानमन्त्री कै सम्लग्नताको कुरा आउदा कसरि उम्किनु हुन्छ तपाई ?
#प्रश्नै प्रश्नको घेरामा हुनुहुन्छ प्रम ज्यु !