युरोप क्षेत्रको डिआरसी पदमा आइसिसि सदस्य थापाद्वारा उम्मेदवारी घोषणा

पोर्चुगल, गैरआवासीय नेपाली संघ (एनआरएनए)का आइसिसि सदस्य भिमसेन थापाले एनआरएनएको युरोप उपसंयोजक(डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेका छन।

पोर्चुगलमा सफल ब्यावसायीको पहिचान बनाएका थापाले एनआरएनएमा संगठनात्मक परिवर्तन गर्न,युवाहरुलाई सहभागीता बढाउन, एनआरएनएमा ब्यापक परिवर्तन आवश्यक रहेकोले त्यसलाई सफल तुल्याउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

एनआरएन एनसिसि पोर्चुगलको कार्यसमिती सदस्य,वरिस्ठ उपाध्यक्ष हुंदै हाल आइसिसि सदस्य बनेका थापाले सबै अभियन्ताहरु एकै ठाउमा रहेर देश विकासको लागी ठाउबाट योगदान दिनु नै आजको आवश्यकता रहेको बताएका छन् ।

थापाले हस्पिटालीटी क्षेत्र,कृर्षी क्षेत्र र कंट्रक्सन क्षेत्रमा युरोप र नेपालमा लगानी गरेका छन ।