काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकालको नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । विपीन कुमार गुरुङ, सञ्जीव कुमार राई र बुद्धि गुरुङको अध्यक्ष पदमा उम्मेदवारी परेको हो ।
यस्तै आईसीसी सदस्यमा ४ जना तथा उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । यसैगरी महिला उपाध्यक्षमा पनि तीन जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार महासचिवमा अनित थपलिया, डा केशव थापा र सन्तोष खड्काको उम्मेदवारी परेको छ भने सचिवमा ४ तथा कोषाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ ।
यसैगरी सहकोषाध्यक्षमा तीन, महिला संयोजकमा २, युवा विद्यार्थी संयोजकमा ३ जनाको उम्मेदवारी पर्दा सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ ।
एनआरएनए कोरियाको महाधिवेशन जुलाई २९ र ३० मा हुँदैछ ।