काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको अध्यक्षमा ध्रुव पौडेल निर्वाचित भएका छन ।संघको आगामी कार्यकालको लागी सम्पन्न निर्बाचन प्रक्रियाबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। जुलाई २३ मा सम्पन्न निर्वाचनमा पौडेलले २३० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्प्रर्धी बाबा राजेश्वरी थापाले १४२ मत प्राप्त गरेकी थिइन ।
त्यस्तै अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा (आइसीसी) मनोज बिष्ट निर्बाचित भएका छन । त्यस्तै उपाध्यक्षमा डाइमन्ड लामा र रिम बहादुर खड्का, महिला उपाध्यक्षमा सन्तोषी भण्डारी, महासचिबमा डाइमण्ड राई, सचिबमा ज्ञानु बर्तौला र रिमा बिष्ट, कोषाध्यक्षमा बिरेन्द्र पुन मगर, सहकोषाध्यक्षमा राजु रामदाम, युवासंयोजक फुर्बा तामाङ, युवा उपसंयोजकमा राजीब थेबे, महिला संयोजकमा निरु कार्की निर्वाचित भएको क्षेत्रीय उपसंयोजक सागर सुवेदीले जानकारी दिएका छन ।
त्यसैगरी सदस्यमा कुमिर घर्ति मगर निर्बाचित भएका छन् भने थप ४ जना सदस्य नयाँ कार्यसमितिले चयन गर्नेछ ।नेपालीका लागि नेपाली भन्ने मूल नाराका साथ अगाडि बढेको एनआरएनए अष्ट्रियाको निर्वाचन निष्पक्ष, सभ्य र भव्यरुपमा सम्पन्न भएको आगामी युरोप संयोजकका प्रत्यासी समेत रहेका सुवेदीले बताए ।नवनिर्वाचित अध्यक्ष पौडेलले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने सबैलाई हार्दिक धन्यवादसहित सन्देश जारी गरेका छन् ।