काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)इटालीले संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन रोम गुगेका प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा स्वागत तथा बिसेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको जनाएको छ।
जुलाई २५ मा भएको सो कार्यक्रम गैर आवासीय नेपाली संघ इटाली र नेपाली कन्सोलेट रोमको आयोजनामा एनआरएनए इटालीका अध्यक्ष छविलाल कंडेल ज्युको सभापतित्वमा सम्पन्न भएको थियो।
उक्त स्वागत समारोह कार्यक्रममा सम्माननीय प्रधानमन्त्रि प्रमुख अतिथिको रुपमा रहेका थिए भने बिसेष अतिथिहरुमा माननीय पशुपन्छी मन्त्रि डाक्टर बेदुराम भुसाल, प्रधानमन्त्रि सुपुत्री गंगा दाहाल, परराष्ट सचिब भरतराज पौड्याल,अस्ट्रियाका लागि नेपाली महामहिम राजदुत भरतकुमार रेग्मी, नेपाली कन्सोलेट रोमका कन्सोलर पाओलो नुगारी ज्यु, राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर जयकान्त राउत लगायतको उपस्थिति रहेको थियो।
यस्तै उक्त स्वागत कार्यक्रममा इटाली स्थित विभिन्न स्थानीय नेपाली समाज, उधमी, बिद्यार्थी लगायत एनआरएनए इटालीका बर्तमान कार्यसमिति र पूर्व कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। गैर आवासीय नेपाली संघ इटालीका अध्यक्ष छबिलाल कंडेल सम्माननीय प्रधानमन्त्रिलाई इटालीबासि नेपालीहरुको तर्फबाट बिशेस स्वागत गर्दै इटाली भित्र बसेका नेपालीहरुको भोग्नुपरेका समस्या समाधानको लागि नेपाल सरकारले बिशेस पहलकदमी लिनु पर्ने बताए।
त्यसअन्तरगत नेपाललाइ पनि इटालियन सरकारको सिजनल कामदारको कोटा सिस्टममा समाबेश गर्नको लागि आबश्यक प्रक्रिया यथासिघ्र अगि बढाउँन, इ(पासपोर्ट घुम्ती शिबिरको चाहिने उचित स्रोत साधनको व्यवस्था गर्न, नाबालक परचिय पत्रको लिने प्रक्रियालाई दुताबासमार्फत वितरण गर्ने व्यवस्था मिलाउन, इटालीमा नेपाली राजदुताबास खोल्नको लागि प्रक्रिया शुरु गर्न प्रस्ताब, नेपाली बिद्यार्थीहरुलाई इटालियन सरकारको छात्रब्रिति कार्यक्रममा समेट्नको लागि पहल गर्न, नेपाली समानको आयात तथा निर्यातको प्रक्रिया सहज गर्न, नेपाली कन्सोलेट रोमका कन्सोलर पाओलोनुगारी ज्युलाइ उहाले नेपाली समुदायप्रति गरेको सहयोगलाइ कदर गर्दै नेपाल सरकारको बिशेस सम्मानको लागि सिफारीस गर्न,साथै गैरआवासीय नागरिकता सम्बन्धि नियमावली तथा कानुन संसद बाट पारित गर्न सम्माननीय प्रधानमन्त्रि मार्फत नेपाल सरकार समक्ष माग गरे।
साथै उनले सम्माननीय प्रधानमन्त्रिले ज्युले सामाजिक सुरक्षाकोष लागु गर्न , गैर आवासीय नेपाली नागरिता , साथै विभाजित रुपमा रहेको एनआरएनए लाइ एकता गर्न गरेको प्रयास प्रति सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट हार्दिक धन्यबाद दिए उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले आफु गैर आवासीय नेपाली संघ इटालीले उठाएको मागप्रति सकारात्मक रहेकोको र पुरा गर्न कुनै कसुर बाकी नराख्ने बताए । साथै गैर आवासीय नेपालीहरुको हकहितको लागि सरकार जहिले पनि तयार रहेको बताए।