काठमाडौं।नेपालका चर्चित तथा शिर्ष नेताहरु निर्वाचन आयोगको कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेहरुमा गगन थापा सोविता गौतम देखी रविन्द्र मिश्र सम्मका नेताहरु परेका छन् । आयोगले गत वर्ष मंसिरमा सम्पन्न भएको संघ र प्रदेश सभा निर्वाचनमा भाग लिएका झण्डै साढे २ हजार जना उम्मेदवारहलाई कारवाही गरेको हो।
आयोगले प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३९८ गरी कूल २ हजार ४३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने निर्णय गरेको हो। आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगरेपछी उनीहरुलाई कारबाही गरेको बताएको छ ।
कारबाहीमा पर्नेहरुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री एनपि साउद, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक,कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना,विजय गच्छदार, शंकर भण्डारी, भीमसेनदास प्रधान लगायतका पनि कारबाहीमा परेकी छन् ।
एमालेका राजन भट्टराई,पूर्वममुख्यमन्त्री तथा नेता शेरधन राई,माओवादी नेता गिरिराजमणि पोखरेल, पूर्वसभामुख ओनसरी घर्ती, महेन्द्रराय यादव, लगाएत खर्च विवरण नबुझाएकोमा आयोगले जरिवाना तोकेको हो।त्यस्तै, राष्टिय स्वतन्त्र पार्टीबाट निर्वाचित सोविता गौतम,गणेश पराजुली, रमेश खरेल पनि कारबाहीमा परेका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी नेतृ पम्फा भुसाल, पनि कारबाहीमा परेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा पराजित भएका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र, कारबाहीमा परेका छन् । आयोगले कारबाहीमा परेकाहरुलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना तिर्न निर्देशन पनि दिएको छ।जरीवाना गरिएका सबैलाई ७ दिनभित्र खर्च पनि बुझाउनु पर्नेछ यदी उनिहरुले निर्धारित समयमा विवरण नबुझाए आगामी निर्वाचनमा उमेदवार नै बन्न नपाउने आयोगको चेतावनी छ ।




