कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज सकिंदै, सभापतिको यस्तो तयारी..

काठमाडौं। नेपाली कांग्रेसको केन्दिय कार्यसमितिको बैठक बुधबार सकिंदैछ।साउन २ गतेदेखि चलेको बैठकको निर्णय लेखनमा भने नेताहरुबीच गलफत्ती चलिरहेको छ। मंगलबार बसेको बैठकले निर्णय लेखनमा सहमति जुटाउन नसकेपछि बुधबार फेरी पदाधिकारी बैठक बसेर निर्णयलाई अन्तिम रुप दिने तयारी गरिएको छ।

पदाधिकारी बैठकले तयार पारेको निर्णय दिउँसो ४ बजे बस्ने केन्द्रिय कार्यसमितिको बठकले पारित गर्नेछ। कांग्रेसले आगामि मंसिरमा नीति महाधिवेशन गर्ने विषयमा भने समझदारी जुटाएको छ। पार्टी महाधिवेशनको ६ महिनाभित्र गर्नुपर्ने नीति महाधिवेशन डेढ वर्षसम्म पनि हुन सकेको थिएन।

महामन्त्री गगन थापाले प्रस्तुत गरेको एक वर्षे कार्यायोजना र २०८२ सालभित्रै पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्तावबारे नेताहरुबिच सहमति जुट्न सकेको छैन।