काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज शुक्रबार पनि जारी रहने भएको छ। बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले धारणा राखेका थिए।केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाएका थिए ।
बैठकको सामाजिक सञ्जालमार्फत लाइभ हुँदै आएकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गर्दै आएका छन् । बैठक भोलि सम्म सम्पन्न गर्ने तयारी रहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।




