हङकङ, गैरआवासीय नेपाली संघ(एनआरएनए) हङकङको अध्यक्षमा गोकर्ण प्रसाद ढकाल दोहोरिएका छन। आउँदो कार्यकालका लागि अध्यक्ष पदमा ढकालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन।ढकाल यसअघि पनि सहमतिमै अध्यक्ष बनेका हुन।अध्यक्षसहित सवै पदमा दोहोरो उम्मेदवारी नपरेछि सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको हो।
कार्यसमितीको उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ चयन भएका छन।महासचिवको जिम्मेवारी डिल्लीराम विश्कर्माले पाएका छन भने सचिवमा मनोज सूर्यवंशी चुनिएका छन।त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भएका छन।
ईन्दर पुर्जा पुनलाई युवा संयोजकमा निर्वाचित भएका छन भने महिला संयोजकमा कविता गुरुङ निर्विरोध भएकी छन।यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्नाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन।
एनआरएनए हङकङको अधिवेशन २३ जुलाइमा हुँदैछ। अधिवेसनका लागी सम्पुर्ण तयारी सकिएको अध्यक्ष ढकालले बताए। दोस्रो कार्यकाल पनि निर्विरोध अध्यक्ष बनाएकोमा ढकालले समस्त हङकङवासी नेपालीलाई धन्यवाद दिएका छन।