एनआरएनए (नेपाल एसोसिएसन)युएईमा अध्यक्ष र महासचिबवाहेक सबै निर्विरोध,अध्यक्षमा शाही र ठाकुरको उम्मेदवारी

युएई, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (नेपाल एसोसिएसन),युएईमा अध्यक्ष र महासचिवबाहेक सबै पदमापदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। आगामी कार्यकाल २०२३–२०२५ को निम्ति कार्यसमितिको मनोनयन दर्ता गर्ने समय सकिँदा २ पदबाहेकका सबै पदमा निर्विरोध भएका हुन्।

निर्वाचन समितिका संयोजक रमेश श्रेष्ठका अनुसार एनसीसीका विभिन्न २७ पद र ४ आईसीसी सदस्यका निम्ति जम्मा ३३ सदस्यहरुले आ–आफ्नो मनोनयन दर्ता गराएका थिए ।अध्यक्ष पदका निम्ति दुई उम्मेदवारी परेका छन । कृष्ण ठाकुर र बिकास शाहीले आ–आफ्नो मनोनयन दर्ता गराएका छन ।

यसैगरी उपाध्यक्षमा मनोज कुमार सैंजु, सोनाम श्रेष्ठ, भीम मल्ल, फडिन्द्र ढकाल, शम्भु कुमार वाइवा, महासचिवमा भुवन प्रसाद वाग्ले, गम बहादुर बि.क.,सचिवमा नवराज श्रेष्ठ,जीवन सिंह ठकुरी, बिनोद बस्नेत, अरुण अधिकारी, कुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश थापा,महिला संयोजकमा मन्जु उचाई, युवा संयोजकमा अपिल भट्टराई, सहकोषाध्यक्षमा नवराज ढुंगाना र सदस्यहरुमा योगिता हाडा, एलिना फुयाल, गीता बिष्ट, टेकराज पराजुली, धर्म प्रसाद भट्टराई, नवीन दोङ लामा, मन बहादुर सुनार, कमल कार्की, प्रेम बहादुर शाही, लोक बहादुर श्रेष्ठ र सुर्यांश कुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।

अध्यक्ष र महासचिव पदबाहेक अन्य पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परेकाले अन्य पदमा निर्विरोध भएको छ। निर्वाचन समितिले जारी गरेको समय तालिका अनुसार उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन १७ जुलाई र उम्मेदवारी बिरुद्ध दावी बिरोधको लागी १८ जुलाई, साँझको ८ बजेसम्म समय तोकिएको छ ।

दावी बिरोधका निम्ति दावी बिरोध गर्ने पंजिकृत सदस्यले स्वयं उपस्थित भएर कारण खुलाई आफ्नो दावी बिरोध दर्ता गराउनुपर्नेछ। उम्मेदवारहरुको अन्तिम नामावली २० जुलाईको दिन प्रकाशित गरिने छ भने निर्वाचन अधिवेशन आगामी ३० जुलाई २०२३ का दिन गरिने जनाईएको छ।