आजदेखि मलमास सुरू, केहो मलमास?

काठमाडौं। आज(मंगलबार)देखि मलमास अर्थात् पुरुषोत्तम मास सुरू भएको छ।आजदेखि सुरू भएको मलमास साउन ३१ गतेसम्म रहने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास अथवा मलमास भन्ने गरिन्छ।

एकै महिनाभित्र दुई वटा औंसी तिथि परेमा उक्त महिनालाई मलमासमा गणना गर्ने गरिन्छ। मलमासमा गरिएका धार्मिक कार्यले फल नदिने धार्मिक मान्यता छ।

यो महिनाभर भगवान् विष्णु अर्थात् पुरुषोत्तमको आराधना गर्ने परम्परा रहेको छ। मलमासका कारण यस वर्षका चाड पर्वहरु पछि धकेलिएका छन्।