स्व.निरा छन्त्याल र मनोज थापाको परिवारलाई एनआरएनए अमेरिकाको सहयोग, सहयोगीदातालाई अध्यक्ष लम्सालद्वारा आभार

काठमाडौं। गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका ले विभिन्न दुर्घटनामा परि ज्यान गुमाएका नेपालीहरुका परिवारलाई आर्थिक सहयोग गरेको छ। एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्साल (साल)ले पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकि निरा छन्त्याल र अमेरिकामा सवारी दुर्घटनामा ज्यान गुमाएका मनोज थापाको परिवारलाई रकम हस्तान्तरण गरेका हुन् ।

एक विषेश कार्यक्रमको आयोजना गरेर शनिबार पोखरामा गत माघ १ गते अर्थात जनवरी १५, २०२३ मा भएको यति ए्अरलायन्स दुर्घटनामा दिबंगत यात्री निरा छन्त्यालको परिवारलाई र पोखरा घर भई डिसेम्वर ३१, २०२२ मा अमेरिकाको न्युयोर्कमा गाडी दुर्घटनामा परि मृत्यु भएका मनोज थापाका परिवारको तर्फबाट देबघाटमा सहयोग गर्नेगरि अध्यक्ष लम्सालले रकम हस्तान्तरण गरेका हुन् ।

पिडितका परिवारलाई एनआरएनए ग्लोबल फाऊन्डेसनको माध्यमबाट यति एअरलाईन्स पिडीत सहयोगार्थ जम्मा भएको सम्पुर्ण रकम १,०८३ अमेरिकी डलर (१,३९,०७६ रुपैया) र मनोज थापा सहयोगार्थ रकम ४४० अमेरिकी डलर (५७,०४५ रुपैया) कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र पोखरा महानगरपालिकाका प्रवक्ता मतिराज तिमल्सिना लगाएतको उपस्थीतिमा रकम हस्तान्तरण गरिएको अध्यक्ष लम्सालले जानकारी दिएका छन् ।

सोही क्रममा अध्यक्ष लम्सालले कुनै एक नेपालीलाई परेको विपत्ति आफैलाई परेको जस्तो महसुस गरि अमेरिकामा रहेका नेपालीहरुले गरेको सहयोग अतुलनिय रहेको भन्दै सहयोगदाताहरुलाई आभार व्यक्त गरेका छन्।उनले आँफुहरुको सानो सहयोगले पिडितका परिवारलाई केहिसमय भएपनि राहत पुगोस भन्ने उदेश्यले सहयोग गरिएको र आगामी दिनमा आइपर्ने जुनसुकै विपक्तीमा पनि एनआरएनए अमेरिका सदैव साथमै रहने र आवश्यक सहयोग गरिरहने प्रतिबद्धता जनाएका छन् । सहयोग रकम हस्तान्तरणपछी अध्यक्ष लम्सालले एक प्रेस विज्ञप्तीमार्फत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । यस्तो छ अध्यक्ष लम्सालले सार्वजनिक गरेको विज्ञप्तीः

प्रेश बिज्ञप्तिः

मितिः जुलाई १५, २०२३

बिषयः दुर्घटना पिडितहरुलाई एनआरएनए अमेरिकाको सहयोग।

मिति जनवरी १५, २०२३ मा पोखरामा दुर्घटना भएको यति ए्अरलायन्सकी दिबंगत यात्री निरा छन्त्यालको परिवारलाई र पोखरा घर भई डिसेम्वर ३१, २०२२ मा अमेरिकाको न्युयोर्कमा गाडी दुर्घटनामा परि मृत्यु भएका मनोज थापाका परिवारको तर्फबाट देबघाटमा सहयोग गर्नेगरि गैर आवासिय नेपाली संघ अमेरिका (एनआरएनए अमेरिका) लाई पोखरामै आएर आर्थिक सहयोग हस्तान्तरण गर्ने अवसर जुटेको छ। आफ्नो अमुल्य समय दिई छुट्टीको दिनपनि हाम्रो निम्तालाई स्विकार गरि यस हस्तान्तरण कार्यक्रममा ऊपस्थित हुनुभएकोमा कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल ज्यु र पोखरा महानगरपालिकाका प्रवक्ता मतिराज तिमल्सिना ज्युलाई एनआरएनए अमेरिकाको तर्फ बाट हार्दिक धन्यवाद दिन चाहन्छु।

छोटो समयको सुचनामा पोखरामा आई यस कार्यक्रममा ऊपस्थित एनआरएनए अमेरिकाका सदस्यहरु, स्थानिय समाजसेवी र पत्रकार ज्युहरुमा हार्दिक आभार ब्यक्त गर्दछु। यस कार्यक्रम आयोजना तथा सहजतामा हृदय देखिनै सहयोग गर्नुहुने समाजसेवी राजेन्द्र तिमल्सिना, अमित तिमल्सिना र देवेन्द्र लम्साल ज्युलाई सदभावको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। हामीलाई हस्तान्तरण कार्यक्रम स्थान ऊपलब्ध गराईदिनुहुने ग्यालेक्सी पार्टी प्यालेस बिरौटालाई सहयोगको लागि धन्यवाद दिन चाहन्छु। यस घडीमा एनआरएनए अमेरिकाका सहयोगी मनहरु जसले नेपालको बारेमा संधै सोच्ने मात्र नभई सामाजिक, प्रविधिक तथा आर्थिक सहयोग गरिरहन्छन सबैलाई सम्झदैं आजको यो संकलित रकममा सहयोग पुर्याऊने मेरा कार्यसमितीका साथीहरु र हाम्रा सदस्यहरुमा कृतज्ञताका साथ हार्दिक धन्यवाद दिन चाहन्छु।

यस आर्थिक सहयोगमा अमेरिकामा यति एअरलाईन्स पिडीत सहयोगार्थ जम्मा भएको सम्पुर्ण रकम १०८३ अमेरिकी डलर (नेरु १३९,०७६) र मनोज थापा सहयोगार्थ रकम ४४० अमेरिकी डलर (नेरु ५७,०४५) एनआरएनए ग्लोबल फाऊन्डेसनको माध्यमबाट प्राप्त गराईएको पनि जानकारी गरांऊछु। अन्त्यमा यी दुबै दुर्घटनामा दिबंगत हुनुहुने प्रति हार्दिक श्रद्दांजली अर्पण गर्दै वंहाहरुको परिवार प्रति हार्दिक समवेदना ब्यक्त गर्दछौं।

जय एनआरएनए । जय मातृभुमी।

सुर्य (साल) लम्साल
अध्यक्ष
एनआरएनए अमेरिका