न्युयोर्कको क्विन्स काउन्टी ऐसेम्बली ३० मा प्रथम नेपाली अमेरिकन घिमिरे निर्विरोध निर्वाचित

न्युयोर्कःगिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे अमेरिकाकोे क्विन्स काउन्टी अन्तर्गत जुडिसियल डेलिगेट्सको प्रथम नेपाली अमेरिकन निर्विरोध निर्वाचित भएका छन्।

मोरङको विराटनगरमा जन्मिएर विगत २७ बर्षदेखी अमेरीकाको न्युयोर्कमा रहेर विभिन्न सामाजिक एवं अमेरिकी मूलधारको राजनीतिमा दुई दशक देखी सकृय भुमीका निर्वाह गर्दै आएका घिमिरे न्युयोर्क राज्यको क्विन्स काउन्टी अन्तर्गत ऐसेम्बली जिल्ला ३०को क्विन्स डेमोक्र्याटिक पार्टीको तर्फवाट जुडिसियल डेलिगेट्सको उम्मेद्वार यस जिल्लामा प्रथम नेपाली अमेरिकन निर्विरोध निर्वाचित भएका हुन्।

घिमिरे अमेरिकामा रहेपनि नेपाल र नेपालीका समस्यासँग नजिक रहिरहेका हुन्छन्। उनले विशेष गरी कोरोना कहरको समयमा फाउन्डेशन टीमको सकृय साथ र सहकार्यसँगै विभिन्न मानवीय सहयोगमा अहोरात्र खटीईरहेका थिए भने, क्विन्स क्षेत्रलाई केन्द्रमा राखेर राष्ट्रपति बाईडेन, ओबामा र क्लिन्टनको राष्ट्रपतिय चुनावीअभियानमा डेमोक्रेटिक पार्टीको सिपाही स्वयंसेवक भएर निरन्तर खटिरहेका थिए । यस्तै उनले राष्ट्रिय (संघीय), राज्य र स्थानीय तहमा धेरैडेमोक्रेटिक अभियानहरूमा स्वयंसेवक भुमिकामा रहेका छन् ।

घिमिरे साउथ एसियन फर अमेरिका न्युयोर्क राज्यको राज्य निर्देशक तथा ऐलायन्स फर साउथ ऐसियन अमेरिकन लेबरको राष्ट्रीय उपाध्यक्षसमेत रहेका छन् । उनलेले डेमोक्र्याटिक पार्टी एवं समाजलाई पुर्याएको योगदानको उच्च मुल्याकंन गर्दै डिस्ट्रिक्ट ३० को जुडियियल डेलीगेट्सको उम्मेदवारीमा निर्विरोध छनौट हुनु नेपाली मुलका अमेरीकीहरूको लागी समेत गौरवको विषय हो।

जिपी कोईराला फाउन्डेशनकी केन्द्रीय संस्थापक अध्यक्ष सुजता कोईराला एवं अमेरिका च्याप्टर परीवार घिमिरे र उनको भुमीकाप्रती उच्च मुल्याकंन गरी डेमोक्र्याटिक पार्टीले निर्विरोध निर्वाचित गरेकोमा डेमोक्र्याटिक पार्टीप्रती धन्यवाद ज्ञापन गर्दै घिमिरेलाई पनि बधाईसँगै सफल कार्यकालको शुभकामना दिएको छ।