काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनको लागि निर्वाचन समिति गठन गरिएको छ।
गैरआवासीय नेपाली संघको आइतवार बसेको अन्तराष्ट्रिय परिषदको बैठकले अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो।
निर्वाचन समितिको सदस्यमा टिबी कार्की(कतार),मन केसी (अष्ट्रेलिया), सोनाम लामा (अमेरिका),भूषण घिमिरे(जापान),चिरन्जीबी ढकाल(बेलायत) र प्रकाश धमला(कोरिया)रहेका छन। संघको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन समिती गठन गरिएको हो।
उपाध्यक्ष आचार्यको संयोजकत्वमा उच्चस्तरिय अनुगमन समिति गठन
एनआरएनएको उक्त बैठकले संघको विधान अनुरुप उक्त निर्वाचनको अनुगमन गर्नको लागि उपाध्यक्ष दुर्गा आचार्यको संयोजकत्वमा उच्चस्तरिय अनुगमन समिति गठन गरिएको छ । सो समितिको सदस्यहरुमा होमनाथ शर्मा, डमर घले, शंकर खड्का, सुरेन्द्र श्रेष्ठ, कलममणी गुरागाई, अर्जुन श्रेष्ठ, नारायण थापा र राजन त्रिपाठी रहेका छन । अनुगमन समितिमा सदस्यहरु पछि थप गरिने संयोजक आचार्यले बताए ।