एनआरएनए लक्जेम्बर्गको अध्यक्षमा उपाध्याय निर्वाचित

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् लक्जेम्बरको अध्यक्षमा विमलबाबु उपाध्याय निर्वाचित भएका छन्। संघको आगामी कार्यकालका लागि उपाध्यक्षमा युद्धबहादुर थापा, महासचिवमा बालहरि राई, सचिवमा झलकबहादुर महत निर्वाचित भएका छन्।

यसैगरि सहसचिवमा ध्रुव सापकोटा, कोषाध्यक्षमा विष्णु खत्री, सह कोषाध्यक्षमा नवजोत न्यूरे निर्वाचति भएका छन् भने सदस्यमा निर्वाचित हुनुभएका बिना अधिकारी,दिपेन्द्र थापा,गगन खत्री,केशव भट्टराई,खगेन्द्र रेग्मी,यमबहादुर थापा निर्वाचित भएका छन्।