देउवाको कामप्रति शशांकको असन्तुष्टि

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा.शशांक कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद कोईरालाले अधिवेशनबाट नै सभापति बनाएको भन्दै कार्यकाल पूरा नहुन्जेलसम्म कुर्नुको विकल्प नरहेको बताउनुभयो। उहाँले पार्टी सभापतिले पार्टीका कामकारबाही चित्त बुझ्दो नभएको भन्दै टिप्पणी आइरहेको भन्दै केही हदसम्म टिप्पणी सही भएको बताउनुभयो ।

फरक प्रसंगमा नेता कोईरालाले प्रधानमन्त्रीसँग बहुमत भएकाले अपदस्थ नहुने बताउनुभयो ।